site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेयर बालेनको प्रश्न– वडाध्यक्षको काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सांसद विकास कोष ब्युँताएकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कटाक्ष गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आएको’ टिप्पणी गरेका हुन् ।

Argakhachi Cement Island Ad

उनले ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

“सांसद विकास कोष पाउनुभए’सी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो,” उनले फेसबुकमा लेखेका छन्, “वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ?”

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमार्फत सांसद विकास कोष ब्युँताइएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्