अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सांसदहरूलाई पाँच करोड दिने गरी बजेटमा गरिएको व्यवस्था गलत भएको बताएकी छन् ।
बाह्रखरीसँग कुरा गर्दै उनले बजेटमा धेरै ठाउँमा अंकहरू नमिलेको बताइन् ।
“धेरै ठाउँमा अंकहरू मिलेको छैन,” उनले भनिन्, “जीडीपीको कुरा, पुँजीगत खर्चर चालु वर्षभन्दा कम छ । यसमा धेरै ग्याप देखिएको छ ।”
सांसद श्रेष्ठले अलिहेको आर्थिक जटिलताको अवस्थामा यसलाई ध्यान दिएर बजेट आउने भनिए पनि त्यो अनुसार बजेट आउन नसकेको बताइन् ।
उनले वित्तीय हस्तानान्तरणको बजेट कम भएको भन्दै आफूले अपेक्षा गरेअनुसार बजेट आउन नसकेको बताइन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० २०:४५
प्रतिक्रिया दिनुहोस्