site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।  पश्चिमी  निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागमा आंशिक बदली रहेको छ । पहाडी भू–भागहरूमा पनि  आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro