site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महँगा बिजुली गाडीको कर आधाले घट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले महँगा विद्युतीय गाडी (ईभी)मा करको दर झन्डै आधाले घटाएको छ । 

१०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्ने गरेकोमा अर्थमन्त्री प्रकाशशरण महतले भन्सार महसुल १५ प्रतिशत र अन्तशुल्क १० प्रतिशतमा झारेका छन् ।

यस्तै, २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर र अन्त शुल्क ४५/४५ प्रतिशत रहेको थियो । नयाँ आर्थिक विधेयमा अर्थमन्त्रालयले यी सवारीको अन्तशुल्क २० प्रतिशत र भन्सार २० प्रतिशत कायम गरेको छ ।

यस्तै, ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सारशुल्क ४० प्रतिशत र अन्तशुल्क भने ४५ प्रतिशत कायम गरेको छ । यसअघि भन्सार शुल्क ६० र अन्तशुल्क पनि ६० प्रतिशत थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro