अर्थ व्यवसाय

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसद्मा टेबल भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट टेबल गरेका हुन् ।
यसअघि आजै अर्थमन्त्री महतले आगामी आर्थीक वर्षको बजेट प्रस्तुत गरे ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उनले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका थिए ।
बजेट प्रतिनिधिसभामा टेबल भएसँगै मंगलबारदेखि विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुने छ । जेठ २१, २२, २३ र २४ गते छलफल हुने छ । अर्थमन्त्री महतले जेठ २५ गते बजेटमा उठेका प्रश्नको जवाफ दिने छन् ।
सोमबारकै बैठकमा अर्थमन्त्री महतले बजेट कार्यान्वयनका लागि आर्थिक विधेयक, २०८० पनि पेस गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:५५
प्रतिक्रिया दिनुहोस्