अर्थ व्यवसाय

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने भएको छ ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट पेस गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरेर नियामक र सेवा प्रदायक निकाय अलग अलग गरिने जानकारी दिए ।
अहिले सेवा प्रदायक र नियामक निकायको काम प्राधिकरण आफैँले गर्दै आएको छ ।
उडान सुरक्षालाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय पूर्वाधार विकास तथा सेवा प्रवाहमा सुधार गर्नुका साथै नियामकीय भूमिकालाई सवल बनाइने अर्थमन्त्री महतको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:४५
प्रतिक्रिया दिनुहोस्