अर्थ व्यवसाय

काठमाडौं । सरकारले किसानलाई रासायनिक मलतर्फ अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ ।
सोमाबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले समयमै आपूर्ति सुनिश्चित गरिने पनि बताए ।
उनले स्वदेशमा रासायनिक मल उत्पादन गर्न ध्यान दिने बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:०९
प्रतिक्रिया दिनुहोस्