site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वायुसेवा निगमको प्रबन्ध निर्देशक फेर्न पर्यटनमन्त्रीलाई तीन करोडको प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक (जीएम) फेर्न आफूसामु तीन करोड रुपैयाँको प्रस्ताव आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खुलासा गरेका छन् ।

पर्यटनमन्त्री किरातीले आफू मन्त्री भएकै दिनदेखि यो प्रस्तावका लागि फोन आउन थालेको जानकारी दिए । त्यसको करिब एक सातापछि ‘एक ठूलो मान्छे’ले भेटेरै यस्तो प्रस्ताव गरेको उनले सुनाए ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसित कुरा गर्दै पर्यटनमन्त्री किरातीले आफूलाई एक महिनामै तीन करोड आउने भन्दै निगमका प्रबन्ध निर्देशक फेर्न प्रस्ताव गरिएको खुलासा गरेका हुन् ।

“वायुसेवा निगमको जीएम फेरौँ, तपाईंलाई टोकन मनी दुई करोड, फेरेको सात दिनमा अर्काे करोड, एक महिनामा तीन करोड प्रस्ताव भयो,” उनले भने ।

आफू मन्त्री भएको दिनदेखि नै ती ‘ठूला मान्छे’को फोन आएको र उनले एक्लै भेट्ने प्रस्ताव गरेको पनि मन्त्री किरातीले खुलाए ।

उनले भने, “छैटौँ दिन उहाँको फेरि फोन आयो– भोलि त एक्लै भेट्नैपर्‍यो, मैले भने– मेरो त टोली छ, सुरक्षाकर्मीहरू छन्, एक्लै भेट्न मिल्दैन । क्वाटरमा हैन, मन्त्रालयमा पनि हैन, उहाँले भनेकै ठाउँमा भेट्नुपर्ने, वनझाँक्रीको ओढारमा जानुपर्ने रे ! म त मिल्दैन भनेँ ।

मन्त्री किरातीले आफू प्रधानमन्त्रीको निवासमा भएको दिन पनि त्यही प्रयोजनको फोन आएको बताए । त्यो दिन आफू टोलीसहित फोन गर्ने मानिसलाई भेट्न गएको उनले जानकारी दिए ।

“उहाँले फेरि फोन गर्नुभयो– आज त भेट्नैपर्‍यो । म टोलीसँगै आउँछु न त भनेँ मैले र उहाँको घर गएँ,” उनले भने ।

सुरक्षाकर्मीलाई बाहिर राखेर आफू एक ‘भाइ’लाई लिएर ती मानिसको घरभित्र गएको र त्यहाँ बँदेलको मासुसहित ८४ व्यञ्जनको खानाले स्वागत गरिएको उनले सुनाए ।

उनले थपे, “पहिलो चरणको खानपिन सकेपछि उहाँले मलाई रित्तो कोठमा लग्नुभयो । भन्नुभयो– वायुसेवा निगमको जीएम फेरौँ, तपाईंलाई टोकन मनी दुई करोड, गरेको सात दिनमा अर्काे करोड, एक महिनामा तीन करोड ।”

कतै यो कुरा रेकर्ड भइरहेको पो छ कि भन्ने समेत आफूलाई लागेको उनले बताए ।

भेटमा ती व्यक्तिले राजनीतिको टुंगो नभएको र पद पाएका बेला ‘खाइहाल’ भन्ने संकेत गरको मन्त्री किरातीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro