site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका मुख्यमन्त्रीलाई प्रश्न : सभा बाहिर आन्दोलन गर्ने को हुन् ? उनीहरूको माग सरकारले सुन्ने कि नसुन्ने ?

विराटनगर । कोसी प्रदेशको बजेट अधिवेशन सुरु भएको छ । 

गत फागुन १७ गते प्रदेश नामाकरण पहिलो अधिवेशनको तेह्रौ बैठकले गरेसँगै बैठक स्थगित भएको थियो । सभामुख बाबुराम गौतमले लोकतान्त्रिक विधिबाट असन्तोष राख्न सकिने र शान्तिपूर्ण ढंगले आन्दोलन गर्न सबै पक्षलाई सुझाव दिन सभा समक्ष आग्रह गरे । 

शून्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कमलप्रसाद जबेगुले छोटो समयमा नाम राखेर राम्रो वा नराम्रो के गरियो भन्ने प्रश्न गर्दै बहुमतको आडमा अल्पमतको कदर नगरिएको बताए । उनले भने, “नामकरणको विषयमा उठेको आन्दोलन मत्थर गर्न वार्ता समिति गठन गर्नुपर्छ । सरकारले पहल गर्नुपर्छ ।”

कांग्रेस सांसद खगेनसिंह हाङगामले नामाकरणपछि कोसी प्रदेश अस्तव्यस्त देखिएकोले सरकारले घाइतेको उपचार गराउनुपर्ने बताए । उनले भने, “आन्दोलनकारीद्वारा वार्ता गर्न सरकारले विलम्ब गरिनुहुन्न ।”

 माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले आन्दोलनमा रहेका मानिस को हुन् ? उनीहरूको माग सुन्ने कि नसुन्ने भन्दै प्रश्न गरे । भने,“वार्ता गर्न मुख्यमन्त्री वा सांसद कसले छेक्यो ?” उनले वार्ता बोलाएर आन्दोलनकारीको माग सुनुवाइ गर्नुपर्ने माग गरे । 

कांग्रेसका गोपाल तामाङले आफू ८ बजे नै प्रदेशसभा बैठकमा सहभागी हुन आएको र सांसद पदको लोगो खोलेर आएको बताए । भने, “सदनभित्र बैठक चलिरहँदा बाहिर झन् आन्दोलन बढेको देखिन्छ । त्यसैले किन वार्ता नगरेको ?” सरकारले वार्ता समिति बनाउनुपर्ने माग गरे । 
 राप्रपा सांसद गोपाल विश्वकर्माले पहिचानवादीले आन्दोलन गरेको लामो समय हुँदा समेत चासो नदिएको भन्दै आन्दोलनकारीसँग वार्ता गर्न सरकार समक्षआग्रह गरे । सांसद कमला थापाले झापामा हातीबाट हुने गरेको क्षति आँकलन गरी नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro