काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योपटकको भारत भ्रमण विशिष्ट हुने हुने विश्वास व्यक्त गरेका छन् ।
आइतबार प्राध्यापक संगठनको कार्यक्रममा उनले जनताको हितमा विशिष्ट भ्रमण होस् भन्ने गरी लगातार मेहनत गरिएको सुनाए ।
उनले २०१९ देखि रोकिएर बसेको ट्रेड एण्ड ट्रान्जिट खुल्ने सम्भावना रहेको बताए ।
“व्यापार पारबहनसम्बन्धी २०१९ देखि रोकिएर बसेको छ । त्यो अहिले खुल्ने सम्भावना छ । नेपाल र नेपाली जनताको लागि अर्थपूर्ण र महत्वपूर्ण हुन्छ,” प्रधामन्त्रीले भने ।
उनले हवाई मार्गमा पनि 'ब्रेक थ्रु' हुने विश्वाससहित जान लागेको सुनाए । वर्षौँदेखि रोकिएको पश्चेश्वर बहुआयामिक परियोजनाबारे पनि सम्झौता हुने सम्भावना रहेको बताए । त्यस्तै, बोर्डरसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदै छन् ।