site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटमा धेरै नयाँ योजना राख्नसक्ने स्थिति छैन, युवालाई रोजगारी दिने क्रान्तिकारी कार्यक्रम प्रस्तुत गदैछौँ : प्रधानमन्त्री 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमलाई कागजको खोस्टो बन्न नदिनेगरी प्रयास गरिरहेको बताएका छन् । 

आइतबार प्राध्यापक संगठनको कार्यक्रममा उनले नीति तथा कार्यक्रमलाई बजेटले सपोर्ट गरोस् भन्नेमा आफूहरूको ध्यान रहेको बताए । 

“भोलि बजेट आउँदै छ । जटिल परिस्थतिमा नीति कार्यक्रम ल्यायौं । हिजो निकै चर्को बहसका बीचबाट त्यो पारित पनि भयो,” उनले भने, “नीति कार्यक्रममा सम्बोधन गरिएका कुरालाई बजेटले सपोर्ट गरेन भने नीति कार्यक्रम कागजको खोस्टो बन्न जान्छ । हाम्रो कोसिस छ, बजेटले त्यसलाई सपोर्ट गरोस् ।” 

उनले बजेटमा धेरै नयाँ योजना राख्न नसकिए पनि कृषि उत्पादन र युवाहरूलाई रोजगारी दिने का्रन्तिकारी कार्यक्रम ल्याउन लागिएको सु्नाए । 

बजेट जनताको बजेटको रूपमा स्थापित हुने विश्वास समेत व्यक्त गरे । “बजेटमा धेरै नयाँ कार्यक्रम, धेरै नयाँ योजना राख्न सक्ने स्थिति छैन । तर, ७५३ वटै पालिकामा कृषि उत्पादनमा वृद्धि गर्ने र युवाहरूलाई रोजगारी दिने एउटा क्रान्तिकारी कार्यक्रम हामी प्रस्तुत गदैछौँ । त्यसले साँच्चै जनताको काम गर्ने बजेटको रुपमा स्थापित हुनेछ,” प्रधानमन्त्रीले भने । 

नीति कार्यक्रममा शिक्षा ऐनलाई यथाशीघ्र पारित गर्ने विषय नीति कार्यक्रममा नै समेटिएको बताए । नेपालमा देशलाई आवश्यक शिक्षा नीति अवलम्बन गर्न नसकिएको स्वीकार गरे । 

उनले देश पछाडि पर्नुको एउटा कारण संस्थागत भ्रष्टाचार भएकाले त्यसका विरुद्ध लडाइँ सुरु भएको दाबी गरे । 

“देश पछाडि पर्नु, अर्थतन्त्रमा समस्या पर्नुको एउटा कारण हामीकहाँ विकर्सित भएको संस्थागत वेथिति हो,” प्रधानमन्त्रीले भने, “संस्थागत भ्रष्टार, बेइमानी मुख्य कारण भएकाले त्यसका विरुद्ध एउटा लडाइँ सुरु गरिएको छ । यसमा सबैको सहयोग अपरिहार्य छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro