site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला क्रिकेट विश्वकप छनोटमा नेपालको तयारी शून्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता आउन करिब एक महिनामात्र बाँकी छ । तर, नेपाली टिमको भने अत्तोपत्तो छैन । अहिलेसम्म प्रशिक्षकको समेत टुंगो लागेको छैन ।

छनोट प्रतियोगिता नजिकिँदै गर्दा नेपालको तयारी कस्तो छ ? अन्य देशले छनोट खेललाई मध्यनजर गर्दै प्रतियोगिताको लागि तिव्र तयारी गर्दा नेपालले किन खेलाडीलाई अभ्यासमा जुटाउन सकेको छैन ? के नेपाली महिला क्रिकेट टिमलाई बेवास्ता गरिएकै हो ? यी प्रश्नहरुको जवाफ सरोकारवालासँग छैन । वास्तवमा पछिल्लो समय नेपाली महिला क्रिकेट टिम बेवारिसे अवस्थामा पुगेको छ । 

आगामी नोभेम्बर २० तारिखदेखि सुरु हुने महिला टि–ट्वान्टी विश्वकप क्रिकेट छनोटको संघारमा अन्य चार देश जुटेका छन् । आयोजक थाइल्याण्डले प्रतियोगितालाई नै लक्षित गर्दै अभ्यास यसअघि नै थालिसकेको छ । त्यस्तै, हङकङले महिला क्रिकेट टिमलाई विदेश भ्रमण समेत गराउने तालिका सार्वजनिक भएको छ । युएई र चीनले पनि आफ्नो अभ्यास थालेको लामै समय भइसक्यो । तर नेपालले भने कहिले अभ्यास थाल्ने टुंगो छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले क्रिकेटका सरोकारवाला आफ्नो स्वार्थमा लागेका कारण महिला क्रिकेट यो अवस्थामा आइपुगेको बताइन् । उनले भनिन्, “क्रिकेटको विकासमा क्यान र पदाधिकारी कहिले लागेनन् । सबै आफ्नो दुनो सोझ्याउन नै व्यस्त भए । हामी जसरी भएपनि विश्वकपमा छनोट हुनु छ । त्यसको लागि सरकार र संघले केही पनि गरेको छैन । त्यसैले हामीले अहिले आ–आफ्नो स्थानमा सेल्फ ट्रेनिङ गरिरहेका छौं । यस्तो अवस्थामा क्रिकेट खेल्नुपरेको छ ।”

प्रशिक्षकबिनाको टिम
यतिबेला महिला क्रिकेट टिम प्रशिक्षक विहिन बनेको छ । यसअघिका प्रशिक्षक राजु बस्न्यात कोरियाको प्रशिक्षकमा नियुक्त भएसँगै नेपाली महिला क्रिकेट टिम प्रशिक्षक विहिन बनेको हो । अभ्यास नथाल्नुको कारण प्रशिक्षक नहुनु पनि एक हो । प्रतियोगिता आउन छोटो समय बाँकी रहँदासम्म महिला क्रिकेट टिमको जिम्मा कसले लिने हो, अहिलेसम्म छिनोफानो भएको छैन । 

Global Ime bank

कप्तान रुविना क्षेत्रीले अहिलेसम्म पनि प्रशिक्षकको टुंगो नलाग्दा दुःख लागेको बताइन् । उनले भनिन्, “हामीले कहिले पनि विदेशी नाम चलेको प्रशिक्षक चाहिन्छ भनेनौ । हामीलाई राम्रो प्रशिक्षण दिने प्रशिक्षक चाहिएको छ ।”

त्यस्तै नेपाली क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले एक महिनाको समयावधिमा राम्रो अभ्यास भएको खण्डमा नेपालको छनोट हुने सम्भावना रहेको बताइन् । उनले भनिन्, “हाम्रो लागि बलियो भनेको थाइल्याण्ड र हङकङ हो । हामीले यो राष्ट्रलाई पनि पराजित गर्न सक्छौं तर, अहिलेसम्म कहिले खेलाडीलाई क्याम्पमा बोलाउने थाहा छैन । हामी आफैं सेल्फ ट्रेनिङ गरिरहेका छौं ।”

नोभेम्बर २० तारिखदेखि सुरु हुने महिला टि–ट्वान्टी विश्वकप छनोटमा आयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई र चीन गरी ५ राष्ट्रको सहभागिता छ । नेपालले पहिलो खेल नोभेम्बर २० तारिखमा थाईल्याण्ड विरुद्ध खेल्नेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले नोभेम्बर २१ तारिखमा हङकङ विरुद्ध खेल्नेछ । तेस्रो खेलमा २३ तारिखमा युएईसँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा खेल्नेछ । उपाधि विजेता टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छ ।

कुनै बेला एसोसिएटमा अब्बल
कुनै बेला नेपाली महिला क्रिकेट पनि निकै माथि उठेको थियो । घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता पनि थुप्रै हुन्थे । सन् २००७ देखि केही बर्षसम्म नेपाली महिला क्रिकेट टिमले पनि निकै राम्रो प्रदर्शन गर्यो । त्यो समय नेपाली महिला क्रिकेटको लागि सुरुवाती फेज थियो । त्यही बेला नेपाली महिला क्रिकेटले आशालाग्दो प्रदर्शन पनि गरेको थियो ।

न्तर्राष्ट्रिय जगतमा नेपाली महिला खेलाडीको प्रदर्शन निकै चर्चामा पनि थियो । टेष्ट नेशन राष्ट्रपछि नेपाल नै पहिलो स्थानमा थियो । तर अहिले नेपालको अवस्था खस्किएको छ ।
नेपाली महिला क्रिकेटको उमेर समूहले ३ पटक एसीसीको उपाधि पनि उचालेको छ । सिनियर टोली पनि २ पटक उपविजेता बनेको छ । सन् २००७ सालमा बंगलादेशसँग पराजित हँुदै नेपाली महिला क्रिकेट टिमले उपाधि रक्षा गर्ने मौका गुमाएको थियो । 

नेपाली महिला क्रिकेटले पाएको सबै भन्दा ठूलो सफलता त्यही नै हो । अहिले नेपाली महिला क्रिकेटको अवस्था हेर्ने हो भने निकै नाजुक बनेको छ । कुनै बेला उपाधि रक्षा गर्ने उद्देश्यले प्रतियोगितामा भाग लिने नेपाली महिला क्रिकेट अहिले सहभागितामै चित्त बुझाउने दिन आएको छ ।

क्रिकेट विश्लेषक विनय कुमार झाले नेपाली महिला क्रिकेट निकै दर्दनाक अवस्थामा पुगेको बताए । उनका अनुसार नेपाल टेष्ट नेशनपछिको सबैभन्दा बलियो राष्ट्र थियो । अहिले चाँहि तेस्रो चौथो स्थानमा छ । नेपाल भन्दा थाइल्याण्ड, हङकङ र चीन माथि छ । नेपालको यस्तो तयारीले विश्वकपमा छनोट हुने एउटा सपना मात्रै हो । नेपालले सहभागिता जनाउने र खेलाडीले आफ्नो क्षमता अनुसारको खेल खेल्ने मात्रै हो । 

पछिल्लो समयमा राष्ट्रिय प्रतियोगिता शून्य, घरेलु संरचना शून्य, बर्षमा बल्लतल्ल एक–दुई वटा प्रतियोगिताको भरमा नेपालको विश्वकपमा छनोट हुने सपना पूरा हुने देखिँदैन । 

अहिले कुन खेलाडी कहाँ के गर्दैछन्, कसैलाई थाहा छैन । नेपाली महिला क्रिकेटको यो अवस्था आइपुग्नुको मुख्य कारण नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनु रहेको क्रिकेट विश्लेषक झा बताउँछन् । उनले भने, “क्रिकेट संघ नभएर हो । क्यान भएको भए बर्षेनी प्रतियोगिताहरू हुन्थ्यो । बजेट अनुसार क्याम्प हुन्थ्यो । अहिले आईसीसी र एसीसीको निर्देशनमा चल्नु परेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय