site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रातको आकाश नाटकीय ढंगले उज्यालो हुँदै गएको छ ? २० वर्षभित्र ताराहरू अदृश्य हुन सक्छन् !

काठमाडौं । प्रकाश उत्पन्न गर्ने डायोड (एलईडी) र प्रकाशका अन्य स्रोतहरूको बढ्दो प्रयोगले रातको आकाश नाटकीय ढंगले उज्यालो हुँदै गइरहेको वैज्ञानिकहरूले बताएका छन् । 

बाह्य प्रकाश, सडक बत्तीको रोशनी, विज्ञापन र खेल मैदानको उज्यालोलगायतले ताराहरू नदेखिने स्थिति बन्दै गएको छ ।

सन् २०१६ मा खगोलविद्हरूले आकाशगंगा तारापुञ्ज एक तिहाइ मानिसले नदेख्ने बनेको बताएका थिए । प्रकाश प्रदुषण त्यतिबेलादेखि बढ्दै गएको छ । 

अहिलेको आँकलनअनुसार अबको २० वर्षमा प्रमुख नक्षत्रहरू (ताराको समूह) को अवलोकन गर्न नसकिने हुनेछन् । यो मानवजाति र वैज्ञानिकका लागि ठूलो घाटा हुने बताइएको छ ।

“रातको आकाश हाम्रो वातावरणको हिस्सा हो र यदि अर्को पुस्ताले यसलाई कहिल्यै देख्न पाएन भने यो ठूलो हानी हुनेछ,” बेलायतका शाही खगोलविद् मार्टिन रीसले भनेका छन् ।

शाही खगोलविद् मार्टिन रीस अँध्यारो आकाशको रक्षा गर्नका लागि बेलायती संसद्मा सर्वदलीय संसदीय समूहका संस्थापक हुन् ।

सो समूहले हालै प्रकाशित गरेको एक रिपोर्टमा प्रकाश प्रदुषण रोक्न अँध्यारो आकाशका लागि मन्त्री नियुक्त गर्नुपर्ने, अँध्यारो आकाशका लागि आयोग गठन गर्नुपर्ने र प्रकाशको घनत्व र दिशाका लागि कडा मापदण्ड तोक्नुपर्ने जस्ता प्रस्तावहरू उल्लेख गरेका छन् । 

जर्मन सेन्टर फर जियोसाइन्सेसका भौतिकशास्त्री क्रिस्टोफर किबाले गरेको एक अनुसन्धानले प्रकाश प्रदुषणले रातको आकाश प्रतिवर्ष लगभग १० प्रतिशतका दरले उज्यालो हुँदै गइरहेको देखाएको छ ।

प्रकाश प्रदुषण यसरी बढ्दा बढी चम्किलो बाहेकका ताराहरू नदेखिने सम्भावना बढेको छ । हाल जन्मिँदा आकाशमा २५० ताराहरू देख्ने बच्चाले १८ वर्ष उमेर पुग्दा १०० तारा मात्रै देख्ने अध्ययनले जनाएको छ ।

त्यसैले प्रकाश प्रदुषण रोक्न आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ । खगोलीय र सांस्कृतिक प्रभाव बाहेक प्रकाश प्रदुषणले गम्भीर परिस्थितिक प्रभाव पार्ने देखिएको छ ।

समुद्री कछुवा र बसाइसराइ गर्ने पंक्षीहरू चन्द्रमाको प्रकाशले दिशा निर्धारण गर्छन् । प्रकाश प्रदुषणले उनीहरू अलमलमा पर्ने र आफ्नो बाटो गुमाउने बताइएको छ ।

यस्तै, किराफट्याङग्रा, चरा र अन्य जनावरहरू खानाका लागि बत्ती बेलेको ठाउँमा जाने र त्यहाँ मारिने गरेको समेत देखिएको छ । यी विभिन्न कारणहरूले प्रकाश प्रदुषण रोक्न आवश्यक ठानिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro