site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय प्रधानमन्त्री मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन
तस्बिर : नरेन्द्र मोदीको ट्विटबाट ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार (मे २८)मा त्यहाँको संघीय राजधानी नयाँदिल्लीमा नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।

भारतको केन्द्रीय प्रशासनिक क्षेत्रको पुनर्निर्माण गर्ने महत्त्वाकांक्षी परियोजना ‘सेन्ट्रल भिस्टा’को एक हिस्सा रहेको नयाँ संसद् भवन टाटा समूहको कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले दुई वर्षको अवधिमा निर्माण गरेको हो ।

Dabur Nepal
NIC Asia

नयाँ संसद् भवनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले लोकसभा कक्षमा सभामुखको आसनपछाडि ‘सेंगोल’ स्थापना गरे । सेंगोललाई स्वतन्त्रताको महत्त्वपूर्ण ऐतिहासिक प्रतीक मानिन्छ । यसलाई बेलायतीबाट भारतीयलाई शक्ति हस्तान्तरण गरेको संकेत समेत मानिन्छ ।

स्थानीय समयानुसार बिहान साढे ७ बजे नयाँ संसद् भवन पुगेका मोदीले पूजा र सेंगोल स्थापना गरी निर्माणमा संलग्न मजदुरलाई अभिनन्दन गरेका थिए । पूजाका क्रममा सबै धर्मका प्रतिनिधिबाट प्रार्थना समेत गरिएको थियो ।

भारतको पुरानो संसद् भवन सन् १९२७ मा बनाइएको थियो । त्यसबाट अहिलेका विभिन्न आवश्यकता पूरा गर्न नसकिने बताइएको छ ।

नयाँ संसद् भवनमा लोकसभा कक्षमा ८८८ र राज्यसभा कक्षमा ३०० सदस्य बस्न सक्नेछन् । दुवै सदनको संयुक्त बैठकका लागि लोकसभा कक्षमा एक हजार २८० सांसद अटाउन सक्छन् ।

नयाँ संसद् भवनमा महाराष्ट्रको नागपुरबाट सागौनका काठ, राजस्थानको सरमाथुराबाट रातो र सेतो बलौटे ढुंगा, उत्तर प्रदेशको मिर्जापुरीको गलैँचा, त्रिपुराको बाँसको फर्शलगायत स्थानीय सामग्री प्रयोग गरिएको छ ।

नयाँ संसद् भवनले भारतको विविध संस्कृति झल्काउँछ । भारत सरकारले यो ऐतिहासिक दिनको सम्झनामा ७५ रुपैयाँको सिक्का पनि सार्वजनिक गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro