site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत भ्रमणका विषयमा राजनीतिक र कूटनीतिक परामर्श गर्दै प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा आज छलफल गर्दै छन् ।

प्रधानमन्त्रीले दिउँसो २ बजे सिंदरबारमा पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, सोही विषयमा प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो साढे ३ बजे सिंहदरबारमै परराष्ट्र मन्त्रालयका पूर्वसचिव, भारतका लागि नेपाली पूर्वराजदूतहरू र विज्ञहरूसित छलफल गर्ने सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चारदिने भारत भ्रमणमा जाने कार्यक्रम तय छ । वर्तमान सरकार गठनपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro