site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको अवरोध हटाउन शीर्ष दलका मुख्य नेता छलफलमा

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको अवरोध बारेमा   छलफल गर्न मुख्य दलका शीर्ष नेता र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक छलफलमा जुटेका छन् । 

सिंहदरबारमा भएको छलफल प्रतिनिधिसभाको अवरोध हटाउनेबारे केन्द्रित रहेको बताइएको छ । माओवादी सांसदले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा चढाइएको जलहरीमा सुनको सट्टा पित्तल हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।  

शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजेपछि मात्र बसेको थियो । तर, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । 

Dabur Nepal
NIC Asia

एमाले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन । त्यसपछि साँझ ६ बजेका लागि बैठक बोलाइएको थियो । 

साँझसम्म पनि सहमति हुन नसकेपछि बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । त्यसअघि नै सहमति खोज्न दलहरू जुटेका हुन् । 

prachanda_kp_deuva1685158295.jpg

यसैबीच, आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ । 

शुक्रबार नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरी बिबादले संसद् चल्न नसक्दा संसद् विषयबस्तुमै प्रवेश गर्न सकेको थिएन । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro