site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री, एमालेले बैठक चल्न दिएला ? 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ । 

शुक्रबार नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरी विवादले संसद् चल्न नसक्दा संसद् विषयबस्तुमै प्रवेश गर्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

माओवादी सांसदले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।

शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजेपछि मात्र बसेको थियो । तर, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । 

Global Ime bank

एमाले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन । त्यसपछि साँझ ६ बजेका लागि बैठक बोलाइएको थियो । 

साँझसम्म पनि सहमति हुन नसकेपछि बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो ।

यता, राष्ट्रियसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ पनि दिइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC