site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ संसद् भवनको उद्घाटनसँगै ७५ रुपैयाँको सिक्का जारी गर्दै भारत

काठमाडौं । भारतले नयाँ संसद् भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गर्ने भएको छ ।

आइतबार मे २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भारतको अर्थ मन्त्रालयले बिहीबार नयाँ संसद् भवनको उद्घाटनको सम्झनामा ७५ रुपैयाँको सिक्का जारी गरिने घोषणा गरेको हो ।

उक्त सिक्कामा 'संसद् परिसर' लेखिएको छ र यो नयाँ संसद् भवनको तस्बिर पनि रहेको बताइएको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त सिक्का गोलाकार आकारको हुनेछ । यसको व्यास ४४ मिलिमिटर हुनेछ। सिक्कामा ५० प्रतिशत चाँदी, ४० प्रतिशत तामा, पाँच प्रतिशत निकेल र पाँच प्रतिशत जस्ता मिश्रित धातु हुनेछ ।

सिक्काको पछाडिपट्टिको मध्यभागमा अशोक स्तम्भको सिंहको क्यापिटलमा सत्यमेव जयते लेखिएको छ। सिक्काको बायाँ परिधिमा देवनागरी लिपिमा भारत र अंग्रेजीमा इन्डिया लेखिएको हुनेछ ।

नयाँ संसद् भवनको उद्घाटन समारोहमा करिब २५ राजनीतिक दलको सहभागिता रहने अनुमान गरिएको छ, भने कम्तीमा २० विपक्षी दलले उक्त कार्यक्रम बहिस्कार गर्ने बताइएको छ ।

भारतको नयाँ संसद् भवनमा लोकसभाका ८८८ र राज्यसभाका ३८४ सदस्यका लागि ठाउँ हुनेछ।

नयाँ भवन ६४ हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । नयाँ संसद् निर्माणको टेण्डर टाटा समूहले जितेको थियो । सेन्ट्रल भिस्टाको आधिकारिक वेबसाइटका अनुसार परियोजनाको प्रारम्भिक लागत ८६२ करोड भारतीय रुपैयाँ थियो।

२०२१ मा लोकसभामा भारत सरकारले दिएको जवाफमा यो परियोजनाको अनुमानित लागत ९७१ करोड रुपैयाँ पुगेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro