site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक अझै सुरू भएन, सहमतिको प्रयास जारी

काठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेको छैन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसदले पशुपतिको जलहरीमा सुन भनेर पित्तल हालेको भन्ने आरोपविरुद्ध नेकपा (एमाले)को अवरोधपछि बैठक बस्न नसकेको हो ।

गत बुधबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी राख्दा सुनको भन्दै पित्तले राखेर प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसदिन नियमापत्ति समेत नगरेको एमालेले शुक्रबार एकाएक बैठक अवरोध गरेको हो ।

बिहान ११ बजे बोलाइएको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि नाराबाजी गर्दै एमाले सांसदहरूले बेल घेराउ गरेपछि सभामुखले साढे १२ बजे २० मिनेका लागि बैठक स्थगित गरेका थिए । त्यसपश्चात् संसद् सचिवालयले कारणबस बैठक बस्न नसकेको भन्दै ३ बजेका लागि बोलाएको थियो । त्यसपश्चात् बैठक सुरू हुन सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सहमतिको प्रयास गरिरहेको बाह्रखरीलाई जानकारी दिए । “हामी सहमतिको प्रयास गरिरहेका छौँ । अहिले छलफल जारी छ,” उनले भने ।

प्रतिनिधिसभा सञ्चालन नियमावालीको नियम ६ को २ मा २ घण्टा बढी बैठक रोकिएमा बैठक स्थगन गरी अर्को बैठकको सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।

“सभामुखले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया दिनको एक बजे बैठक प्रारम्भ हुनेछ,” नियम ६ को २ मा भनिएको छ, “तर निर्धारित समयको दुई घण्टा सम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरि अर्को बैठकको सूचना गर्नेछ।”

नेकपा (एमाले) ले भने पशुपतिको जलहरी सुनको हो कि पित्तलको भनेर नभन्दासम्म बैठक सञ्चालन गर्न नदिने बताएको छ ।

“हामी पशुपतिको जलहरी सुनको हो कि पित्तलको भनेर नभन्दासम्म बैठक सञ्चालन गर्न दिने पक्षमा छैनौं” एमालेका सचेतक महेश बतौंलाले बाह्रखरीसँग भने, “भ्रष्टाचारको आरोप मात्र नभएर करोडौँको आस्था बोकेको पशुपतिनाथको जलहरी पित्तलको हो भन्ने कुराले आस्थावान सबैमाथि शंका बढाएको छ।”

एमालेले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्ने नभए सरकारले जवाफ दिनुपर्ने माग गरेको छ । सहमतिको प्रयासमा पनि उसले चासो नदेखाएको सत्तारुढ दलका सांसदहरूको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro