site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलहरीको विषयमा जेठ १० को बैठकमा लेखनाथ दाहालले यसो भनेका थिए

काठमाडौं । नेकपा (एमाले) ले संसद् अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादीका सांसद् लेखनाथ दाहालको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै एमालेले संसद् अवरोध गरेको हो ।

तत्कालीन ओली सरकारको बेलामा पशुपति नाथको मन्दिरमा सुनको भनेर पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको दाहालको आरोप थियो । सोही विषयमा एमालेले आपत्ति जनाएर बैठक अवरोध गरेको हो ।

दाहालले भ्रष्टाचारका विषयमा बैठकमा के भनेका थिए ?

गएको तीन वर्षमा सरकारमा जाँदा सात खर्ब ऋण थियो भने सरकारका छोड्दा १७ खर्ब ऋण कसरी पुग्यो ? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो उहाँले । भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्दै गर्दा कति भ्रष्टाचारका काण्ड आए ?

यति, ओम्नी, बाइडबडी, स्वस्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार त्यतिमात्रै होइन पशुपति नाथको जलहरी लगाउँदा पनि सुन लाउने भनेर पित्तल लगाइदेर चाहीँ गरेका भ्रष्टाचाहरु  हजारौं, सयौं यस्ता भ्रष्टाचारको काण्ड छन् । आफू सरकारमा हुँदा जे गर्न सकिएन । त्यो अहिलको सरकारले गदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro