site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तहरूको बयान न्यायाधीश न्यौपानेको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतमा उनीहरूको बयान लिन लागिएको हो ।

यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा अदालतमा मुद्दा दर्ता गरेको छ । तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १४ जना फरार छन् ।

पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीश न्यौपानेसामु बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगीलगायत कसुर गरेको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध ठगीसहित सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro