site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश सरकारमा लोसपा पनि : दलको नेतालाई रोकेर मन्त्री बन्दै कुर्मी

जनकपुरधाम । मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुन लागेको छ । लोसपाबाट संसदीय दलको नेता अभिराम शर्मालाई ‘काउन्टर’ गर्दै रमेश कुर्मी मन्त्री बन्न लागेका हुन् ।

बिहीबार दिउँसो ४ बजे उनको शपथ कार्यक्रम राखिएको छ । उनी वन तथा वातावरण मन्त्री बन्न लागेका छन् ।

यसअघि, लोसपा दलको नेता शर्माले मुख्यमन्त्री सरोज कुमार यादवसँग दुईवटा मन्त्रालय दिनुपर्ने अडान राख्दै सरकारमा सहभागी भएका थिएनन् । तर, आज कुर्मीले केन्द्रबाटै मन्त्री बन्न सिफारिस ल्याएर मन्त्री पदमा शपथग्रहण गर्ने तयारी गरेका हुन् ।

लोसपा, जनमत र नेकपा (माओवादी केन्द्र)का केही नेताहरु छुट्टै गठबन्धन बनाउन प्रयासरत छन् । उनीहरु पटकपटक बैठक बसिरहेका बताइएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सरकारबाट बाहिरिने निर्णय गरेको दाबी गरे पनि सोही पार्टीबाट मन्त्री बनेकी सुनिता यादव र रहबर अन्सारीले राजीनामा दिएका छैनन् ।

जनमतबाट भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका वसन्त कुशवाह र राज्यमन्त्री सञ्जय यादवलाई मुख्यमन्त्री यादवले जिम्मेवारीविहीन बनाएका छन् । अब जनमतले नेकपा (एमाले)बाट सभामुख बनेका रामचन्द्र मण्डललाई हटाउन सहयोग गरे मात्रै जिम्मेवारीमा ल्याउने जसपा र कांग्रेसको मानसाय रहेको कांग्रेसका एक सांसद बताउँछन् । 

कुर्मी आज मन्त्री बनेपछि मुख्यमन्त्रीसँग दुईवटा मन्त्रालय बाँकी हुन्छन् । गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय बाँकी हुनेछन् । 

अहिले जसपाबाट मन्त्री रहेकी सुरिता साहलाई पनि जिम्मेवारीविहीन बनाएर पछि व्यवस्थापन गर्ने भनिएको छ । अब सुरितालाई बाँकी रहेको यी दुई मन्त्रालयबाट एक र जनमतलाई एक मन्त्रालय दिइनेछ । त्यसपछि मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पूर्ण हुनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro