site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफगानिस्तानमा बाढीका कारण चारजनाको मृत्यु
फाइल तस्बिर ।

फिरोज कोह । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा मंगलबार आएको भारी वर्षा र बाढीका कारण चारजनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन् ।

भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मंगलबार बिहान अचानक बाढी आयो । मदरसा गाउँमा तीन महिलासहित चारजनाको ज्यान गएको छ र प्रभावित क्षेत्रमा सर्वेक्षण जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने पनि उनले बताए । बाढीले थुप्रै घरहरू पनि बगाएको छ ।

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा अगिल्लो हप्ता पनि यस्तै बाढीले चारजनाको ज्यान लिएको र २५ जना घाइते बनाएको थियो । युद्धग्रस्त अफगानिस्तानमा विशेष गरी ग्रामीण इलाकाहरूमा आवासीय घरहरू प्रायः माटोले बनेका हुन्छन् त्यसैले त्यस्ता संरचना प्राकृतिक प्रकोपको जोखिममा हुन्छन् र वर्षा र बाढीमा सजिलै डुब्ने गर्छन् ।रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro