site stats
बाह्रखरी :: Baahrakhari
देश
दुवै खुट्टा नभएका सगरमाथा आरोही हरि बुढामगरलाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलको तर्फबाट राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिपुत्री अवज्ञा पौडेलले बुढामगरलाई बधाई सन्देशसहितको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

ब्रिटिस गोर्खामा कार्यरत रहँंदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनलाई ‘लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको स्रोत’ हुने विश्वाससहित राष्ट्रपति पौडेलले बधाई दिएका हुन् ।

Argakhachi Cement Island Ad

“घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवं सरल बनाउँदै सगरमाथा आरोहणजस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईँंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो,” राष्ट्रपति पौडेलले बधाई सन्देशमा भनेका छन् ।

राष्ट्रपति पौडेलले शारीरिक रुपमा समस्यामा हु्नेहरु सबै क्षेत्रमा कमजोर हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै अन्य व्यक्तिहरुमा पनि आत्मविश्वास जगाउन बुढामगरको कदम उदाहरणीय बनोस् भन्ने कामना गरेका छन् ।

स्वास्थ्य समस्याबाट मुक्त भइनसकेका राष्ट्रपति पौडेल राष्ट्रपतिकै कार्यालयमा बधाई सन्देश दिए पनि कार्यक्रममा भने सहभागी भएनन् । भारतको नयाँ दिल्लीमा उपचार गराएर फर्किएका राष्ट्रपति पौडेलले राजकीय जिम्ेमवारीबाहेक अन्य कार्यक्रममा सहभागिता जनाउन सुरु गरेका छैनन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्