site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
११औँपटक मन्त्रिपरिषद् पुनर्गठन, प्रचण्ड सरकारले पायो पूर्णता 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको छ । मंगलबार ११औँपटक मन्त्रिपरिषद् पुनर्गठन भएसँगै सरकारले पूर्णता पाएको हो ।

प्रचण्ड सरकारमा मंगलबार जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट वन तथा वातावरणमन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला गुरुङ नियुक्त भएका हुन् । योसँगै प्रधानमन्त्रीसहित २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

जसपाबाट यसअघि नै नेता अशोक राई शिक्षामन्त्री बनेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्ड सरकारमा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री छन् । नेपाली कांग्रेसबाट नौ मन्त्री छन् । नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

यस्तै, जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट एक÷एक मन्त्री छन् ।

Global Ime bank

कहिले–कहिले भयो मन्त्रिपरिषद् पुनर्गठन ? 
नेकपा (एमाले)सहितको समर्थनमा प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पहिलोपटक पुस ११ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित सातदलीय गठबन्धनबाट पहिलोपटक तीन उपप्रधानसहित ६ मन्त्रीले शपथ लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक माघ ३ गते मन्त्रिपरिषद् पुनर्गठन गरे ।

०७९ माघ १४ गते नागरिकता प्रकरणका कारण तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका थिए । त्यसपछि तेस्रोपटक मन्त्रिपरिषद पुनर्गठन गर्दै खाली रहेको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका थिए ।

चौथोपटक माघ २३ गते मन्त्रिपरिषद् फेरबदल गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छाडेपछि तीन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैँले सम्हालेका थिए ।

फागुन १४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छाडेपछि पाँचौँपटक मन्त्रिपरिषद्मा फेरबदल गरियो । राप्रपाले छाडेका तीन मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री आफैँले सम्हाले ।

छैँटौपटक फागुन १६ गते एमालेले सरकार छाडेपछि थप आठ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका थिए ।

पुस १० मा बनेको गठबन्धन राष्ट्रपतिको निर्वाचनताका भत्कियो । कांग्रेससहितको लोकतान्त्रिक–वाम गठबन्धन बनाउँदै प्रचण्डले आफ्नो सरकारलाई अघि बढाए ।

उनले सातौँपटक चैत १७ गते कांग्रेसका चार, एकीकृत समाजवादीका दुई, लोसपाका एक, नागरिक उन्मुक्तिका एक र आफ्नै पार्टी माओवादीबाट समेत मन्त्री थप्दै सरकार विस्तार गरेका थिए ।

प्रधानमन्त्रीले आठौँपटक वैशाख ३ गते मन्त्रिपरिषद् विस्तार गरे । कांग्रेस सांसद एनपी साउदलाई उनले परराष्ट्रमन्त्रीमा नियुक्त गरे । एकीकृत समाजवादीबाट नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाए ।

उनले वैशाख ५ गते उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुनमन्त्रीको समेत जिम्मेवारी सुम्पिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले वैशाख २० गते नवौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यति बेला कांग्रेसबाट तीन मन्त्री नियुक्त भए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका हुन् ।

वैशाख २४ गते १०औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । त्यति बेला कांग्रेसबाट सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्त गरियो । महिलामन्त्री रहेका महिन्द्र राय यादवको जिम्मेवारी सोही दिन हेरफेर गरियो । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मंगलबार मन्त्री थपिएसँग प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement