site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कामीरिता शेर्पा २८औँपटक सगरमाथाको शिखरमा
फाइल तस्बिर ।

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औँपटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको शिखरमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

यो सिजनमा उनले दोस्रोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी यही जेठ ३ गते २७औँपटक आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेका थिए ।

कामीरिता सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका थिए । २८औँपटक सगरमाथाको आरोहण गरेसँगै उनले नयाँ कीर्तिमान बनाएका छन् । उनी सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने व्यक्ति हुन् । उनीपछि पासाङ दावा शेर्पा छन् । उनले पनि २७ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । उनले यसअघि कामीरिताको कीर्तिमानसँग बराबरी गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro