site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गभर्नरले पदभार ग्रहण गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । 

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोहीअनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए । पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे । 

पदभारपछि गभर्नर पौडेलले ५० र एक हजार रुपैयाँका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्