site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले खर्च त घटाउने तर के मा ? ‘चेपुवा’मा अर्थमन्त्री  
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्तमान अर्थतन्त्रको बेहाल अवस्थाका बारेमा जो कोही नेपाली जानकार छन् । किनकि मुलुकमा देखिएको आर्थिक संकटको असर तल्लो तहसम्मै पुगेको छ ।

बाह्रखरी मिडियाले काठमाडौंको महाबौद्ध क्षेत्र होस् वा महाराजगञ्ज, कलंकी होस् वा कुपन्डोल जुनसुकै स्थानमा पुगेर स्थानीय व्यवसायीसँग गरेको कुराकानीका आधारमा यो अर्थतन्त्रमा देखिएको समस्या गहिरिएर तल्लो तहसम्मै पुगेको छ ।

अझै वैशाख ९ गते काठमाडौंमा आयोजना गरिएको बाह्रखरी आर्थिक परिसंवादमा सातैवटा प्रदेशका चार सय बढी व्यवसायीका प्रतिनिधिले राखेको धारणा पनि समस्या कहाँसम्म पुगेको रहेछ भन्ने देखिन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकका जुनसुकै कुनामा सानो व्यापार व्यवसाय गरेका व्यक्तिहरुलाई सोध्यो भने ‘अहिलेजस्तो समस्या इतिहासमै नभएको’ प्रतिक्रिया दिन्छन् ।  कैयौँ सहकारी सञ्चालक बचतकर्ताको रकम बुझाउन नसकेर भागाभागको अवस्थामा पुगेका छन् । यस्ता समाचार पनि दैनिकरुपमा सार्वजनिक भएका छन् ।

काठमाडौंलगायत देशका प्रमुख सहरी क्षेत्रमा सटर खाली हुँदै गउका छन् । सामान्य व्यापार गर्नेहरुको व्यापार खस्केको छ । 

Global Ime bank

तर यो समस्या सरकारी तथ्यांकले देखाउँदैन । 

सरकारी तथ्यांकले अर्थतन्त्र मन्दीमा नगएको दाबी गर्छ । अझ सुधार हुँदै गएको ‘विदेशी मुद्राको सञ्चिति बढेको’, मुलुक संकटको अवस्थामा नरहेको तथ्यांकले देखाउँछ । अर्थतन्त्र समस्यामा भएको बेला यसलाई उकास्ने गरेर सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो अहिले देशभर छ । 

कुनैबेला बजेटको चासो व्यापार गर्ने व्यापारी र सरकारी तलब पाउने कर्मचारीलाई तलब बढ्छ कि बढ्दैन भन्नेमा मात्रै केन्द्रित हुन्थ्यो । तर अहिले भने सर्वसाधारणसम्म देशको अर्थतन्त्र उकास्ने गरेर बजेट आउँछ कि आउँदैन भन्ने चासो छ । 

अर्थमन्त्री डा. प्रकाशरण महतले जेठ १५ गते बजेट प्रस्तुत गर्दैछन् ।  जसको कारण अर्थमन्त्रीको व्यस्तता निकै नै बढेको छ । बिहान ७ बजे अर्थमन्त्रालय पुग्ने अर्थमन्त्री अहिले राति १२ बजे मात्र फर्कने अर्थमन्त्रीको सचिवालयका कर्मचारीहरु बताउँछन् । 


अहिले अर्थतन्त्र समस्यामा परेको कारण सरकारदेखि सर्वसाधारण सबैलाई असर गरेको छ ।  व्यापार गर्नेको व्यापार घटेको छ । सरकारको राजस्व संकलन गतवर्षको तुलनामा एक खर्बले घटेको छ । 

५५ वर्षको इतिहासमा पहिलो पटक राजस्व गतवर्षको तुलनामा ऋणात्मक छ ।  अर्थमन्त्रीले यही वास्तविकता देखेर वित्त नीतिबाट धेरै अपेक्षा नगर्न अनुरोध सार्वजनिक रुपमै गरेका छन् ।  तर अर्थमन्त्रीले वित्त नीतिबाट केही न केही सम्बोधन गर्ने र अनावश्यक खर्च कटौती गर्ने घोषणा गरेका छन् । 

अर्थ मन्त्रालयका अधिकारीका अनुसार संयुक्त सरकार रहेको हुँदा अर्थमन्त्रीले भनेअनुसारको निर्मम भएर चालु खर्च कटौती गर्न त्यति सजिलो छैन ।  केपी ओलीको पालामा नै सार्वजनिक खर्च कटौतीको लागि अर्थविद् डा. डिल्लीराज खनालको संयोजकत्वमा एउटा समिति बनेको थियो । 

खनाल संयोजक रहेको समितिले भनेअनुसारको सार्वजनिक खर्च कटौती गर्न अर्थमन्त्रीले चाहेर मात्र सम्भव हुँदैन ।  २०५७ सालमा बनेको आयोगले पनि मन्त्रालय संख्या घटाउन सुझाव दिए पनि कार्यान्वयन भएको छैन । 

खर्च कटौतीको सुरुवात गर्ने हो भने मन्त्रालयको संख्या घटाएर गर्नुपर्ने विज्ञको सुझाव छ ।

जुन अहिलेको मिलिजुली सरकारमा सम्भव छैन । अहिले २१ वटा मन्त्रालय छन् । संघीय प्रशासन पुनर्संरचना कार्यान्वयन समितिले १५ भन्दा बढी मन्त्रालय आवश्यक नभएको सुझाव दिएको थियो ।  सरकार टिकाउन मन्त्रालयको संख्या बढाउने काम भएको छ । 

“चालु खर्च कटौतीको सुरुवात मन्त्रालय घटाएर गर्नुपर्छ,” अर्थ मन्त्रालयका एक अधिकारीले भने, “भागबण्डाको लागि अहिलेको मन्त्रालय नै बढाउने भन्ने डर बढी छ ।” 

वाग्मती प्रदेश सरकारले भागबण्डा पुर्याउनको लागि मन्त्रालयको संख्या बढाएको छ ।  प्रदेशमा पाँच वटाभन्दा बढी मन्त्रालय आवश्यक नभएको ती अधिकारीको टिप्पणी छ । विगतमा एउटै भवनमा तीनवटा मन्त्रालयसम्म सञ्चालन भएको देखिएको थियो । 

अर्थमन्त्री महतले खनाल आयोगले दिए अनुसारको विकास समिति र आयोगहरु खारेज गर्न सक्ने संकेत गरे पनि त्यो काम पनि त्यति सजिलो देखिँदैन ।  यद्यपी अहिलेसम्म अर्थमन्त्रीले आवश्यक नभएका समिति र आयोगहरु खारेज गर्ने उल्लेख गरेका छन् । 

अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार अर्थमन्त्रीले भने अनुसारको खर्च कटौती गर्नु निकै जटिल काम हो । “स्रोत नभएको कारण बजेटमा घोषणा भएका कार्यक्रमहरुमा पैसा दिन नसकिने स्थिति छ,” अर्थ मन्त्रालयका एक अधिकारीले भने, “यस्तो बेलामा नचाहिने ठाउँको खर्च बढाउन निकै माग छ ।”

यसको उदाहरणको लागि पछिल्लो समय सांसदहरुले माग गरेको खुद्रे आयोजना र निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई लिन सकिन्छ । 

गतवर्ष नै शेरबहादुर देउवा प्रधानमन्त्री जनार्दन शर्मा अर्थमन्त्री भएको बेला वृद्धभत्ता पाउने उमेर ७० बाट ६८ बनाइदिएको थियो ।  यसले करिब १० अर्ब हाराहारीमा स्रोत बढाउने काम गरेको थियो ।  एमालेले सुरु गरेको वृद्धभत्ता कार्यक्रममा उमेर घटाएर लोकप्रिय मत ल्याउने देउवाको तयारी भए पनि निर्वाचनमा भने यस्तो नतिजा भने आएन । 

अर्थ मन्त्रालयका अधिकारीहरुको कुरा सुन्दा वृद्धभत्ता पाउने उमेर घटाएर दायित्व थपेका कार्यक्रम धेरै छन् । जसको कटौती गर्नु निकै चुनौती छ । यसबाहेक जनार्दन शर्माले स्रोत सुनिश्चित नभए पनि टुक्रे आयोजना नै निकै बढी समावेश गरेका थिए ।

यस्ता टुक्रे आयोजनामा बजेट दिन बिष्णु पौडेलले पनि कुनै कन्जुस्याइँ गरेका थिएनन् ।  अर्थ मन्त्रालयमा स्रोत सुनिश्चित नभएका आयोजनामा बजेट दिन हुन्न भन्ने खालका सचिव र सहसचिव पछिल्लो समय देखिएनन् । जसको असर अहिले परेको छ । 

बजेट नभएको कारण अहिले अर्थमन्त्रालय कृषिमा बीमा दिने अनुदान रकम रोकेको छ । यस्तै किसानको लागि सहुलियत ऋणको अनुदानसमेत रोकिएको छ ।  केही निकायका कर्मचारीलाई समयमा सरकारले तलब समेत दिन सकेको छैन । 

यस्तोमा अर्थ मन्त्रीसँग राजस्व बढाउनको लागि उपाय नै छैन भन्दा पनि हुने मन्त्रालयका अधिकारीको धारणा छ । केही दिन अगाडि अर्थ मन्त्रालयमा आयोजना भएको छलफलमा अर्थमन्त्रीले राजस्व चुहावट नियन्त्रणमा कडाईका साथ काम गर्न निर्देशन दिएका थिए  ।

तर निश्चित दररेट बुझाएर हुने पोस्टिङले राजस्वको मुहान सफा हुनेमा शंका छ । 

“सुधार गर्न खोज्ने मन भए पनि अर्थमन्त्री अहिले एक किसिमले चेपुवामा छन्,” बजेटमा निर्माणमा संलग्न एक अधिकारीले भने, “सुधार गर्न खोज्ने मन छ, आँट छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC