site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० अंक कटौतीपछि युभेन्टसको च्याम्पियन्स लिग सम्भावना कमजोर

काठमाडौं । खेलाडी स्थानान्तरणको नियम उल्लंघन गरेको भन्दै इटालियन क्लब युभेन्टसको १० अंक कटौती गरिएको छ ।

अंक कटौतीपछि भएको खेलमा युभेन्टस सोमबार राति इम्पोलीसँग ४–१ ले पराजित भयो । योसँगै युभेन्टसको च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि लगभग समाप्त भएको छ ।

सजाय पाउनुअघि युभेन्टस ६९ अंकका साथ दोस्रो स्थानमा थियो । युभेन्टसलाई दिइएको यो सजायसँगै क्लब सातौँ स्थानमा झरेको छ । क्लबको अब ३६ खेलबाट ५९ अंक छ । त्यो चौथो स्थानको एसी मिलानभन्दा पाँच अंकले पछाडि हो ।

लिगमा अब दुई खेल मात्र बाँकी छ । त्यसकारण युभेन्टसको युरोपियन प्रतियोगिता सम्भावना कमजोर बनेको हो ।

गए राति घरेलु टोली इम्पोलीले फ्रान्सेस्को क्यापुटोको दुई गोल र सेबास्टियानो लुपेर्टोको गोलबाट पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । ८५औँ मिनेटमा युभेन्टसका फेडेरिको चिएसाले गोल फर्काए । इन्ज्युरी समयमा रोबर्टो पिकोलीले अर्को गोल थपेपछि इम्पोलीले सहज जित दर्ता गर्‍यो ।

“यो अनौठो अवस्था थियो । खेल सुरु हुनुभन्दा १० मिनेट आगडि यस्तो समाचार आयो,’’ युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, “यस्तो तरिकाले सिजनको अन्त्य गरिनु अन्याय हो । हामीलाई जित्ने बानी परेको थियो । त्यसमा धक्का लागेको छ ।’’

सुरुमा युभेन्टसको १५ अंक कटौती गर्नुका साथै क्लबका महत्त्वपूर्ण पदाधिकारीलाई निलम्बन गरिएको थियो । तर, पुनरावेदनबाट क्लबको १० कटौती गरिएको छ । पदाधिकारीको निलम्बन फुकुवा गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro