राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले अनसन स्थगित गरेका छन् । भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सहमति भएसँगै उनले अनसन स्थगित गरेका हुन् ।
‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर वैशाख ३० गतेदेखि बर्दियाको बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि अनसनरत गौतमले अनसन स्थगित गरेका हुन् ।
सांसद गौतम र मन्त्री ज्वालाबीच अनसनरत स्थलमा वार्ता भएर ११ बुँदे सहमति भएर आज (शनिबार) दिउँसो साढे ३ बजेदेखि अनसन स्थगन भएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० १६:५७
प्रतिक्रिया दिनुहोस्