site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

शासकको संस्कार लोकतान्त्रिक नभएपछि शासन पद्धति लोकतान्त्रिक हुनु पनि अर्थहीन हुनपुग्दो रहेछ । बर्दियाबाट प्रतिनिधि सभामा निर्वाचित सदस्य सञ्जयकुमार गौतमको अनशनप्रति सरकारको उदासीनताले शासकहरूको सर्वसत्तावादी मानसिकता उजागर भएको छ ।

आफ्नो जिल्लामा १० वर्ष पहिले भत्केको पुलको पुनर्निर्माणलगायत विभिन्न स्थानीय सरोकारका माग राखेर सांसद गौतम बैशाख ३० देखि अनशनमा छन् । उनको स्वास्थ्यमा समस्या देखिएको समाचार सार्वजनिक भइरहेको छ ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले  सांसल गौतमको स्वास्थ्य अवस्था गम्भीर रहेको र जीवन नै जोखिममा पर्नसक्ने भन्दै शुक्रबार एक विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले अनुगमनका क्रममा गौतमको स्वास्थ्य अवस्था बिग्रेको देखिएको जनाएको छ । 

Agni Group

अनशनरत गौतम अहिलेको सरकारको प्रमुख घटक नेपाली कांग्रेका नेता पनि हुन् । उनले पुलको पुनर्निर्माणलगायतका विषय पछिल्लोपटक चैतको अन्तिम सातामा प्रतिनिधि सभामा उठाएका थिए । संसद्मा बोलेको सुनवाइ नभएपछि अनशनमा बसेका रहेछन् ।

उनको स्वाथ्य अवस्था बिग्रेकाले तत्काल सरकारले वार्ता गरेर समस्या समाधान गरोस् भन्ने आग्रह सांसदहरूले पनि गरेका छन् । स्थानीय जनताले रिले अनशनमा सहभागी भएर समर्थन जनाएका छन् भने प्रदेश सभाका सदस्य भुवनेश्वर चौधरी पनि गौतमसँगै आमरण अनशनमा छन् ।

Global Ime bank

विडम्बना, सरकारले भने गौतम अनशनमा बसेकै थाहा नपाएजस्तो गरेको देखिएको छ । सरकारी अधिकारीहरूको संवेदनहीनताको पुष्टि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा उत्तर दिने क्रममा गौतमको अनशनसम्बन्धी प्रश्नको उत्तर नदिएबाटै पनि हुन्छ ।

व्यक्तिले त्यसमा पनि बहालवाला सांसदले अति नभईकन त पक्कै पनि आफ्नै सरकार भएका समयमा ‘आमरण अनशन’ गरेनन् । तैपनि, प्रधानमन्त्रीलगायत नेपाली कांग्रेसकै नेताहरूसमेत यस विषयमा मौन रहनु दुःखद विडम्बना हो । 

‘बन्दुकको नालबाट शक्ति हासिल हुन्छ’ भन्ने विश्वासमा दीक्षितहरूले अनशनजस्ता ‘शान्तिपूर्ण सत्याग्रह’को नैतिक पक्षको महत्त्व नबुझ्नु वा उपेक्षा गर्नु अस्वाभाविक होइन । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरू पनि उदासीन रहनुको अर्थ भने बुझ्न कठिन देखिन्छ । 

सरकारको उदासीनताले प्रधानमन्त्री दाहालमा सत्याग्रहको सम्मान गर्ने संस्कार नभएको देखायो । कांग्रेस सभापति देउवामा पनि सायद त्यस्तो संस्कार बाँकी छैन । नत्र अहिलेसम्म उनी बोलिसक्नु पर्थ्यो । यसैले गौतमको जीवन रक्षाका लागि नागरिकस्तरबाट पनि दबाब दिनु आवश्यक देखियो ।

स्वास्थ्यको गम्भीरताका कारण सांसद गौतमको जीवन रक्षाका लागि उचित र सम्भव मागहरू सम्बोधन गर्न सरकारले एक दिन पनि ढिलो गर्नु उचित हुँदैन । सत्याग्रहको सम्मान गरेर संवादको लागि अग्रसरता देखाएमा गौतमले पनि पक्कै अनुचित जिद्दी गर्नेछैनन् । 

हामी जीवन रक्षाका लागि चिकित्सकहरूले दिएको सल्लाहलाई गम्भीरतापूर्वक मनन गर्न सांसद गौतमलाई पनि आग्रह गर्छौँ । सत्याग्रही गौतम स्वयंले पनि शासकको संस्कार लोकतान्त्रिक भएमात्र अनशनजस्तो नैतिक अश्त्र प्रभावकारी हुने हो भन्ने यथार्थ हेक्का राख्नुपर्छ । 

*यसैबीच सांसद गौतमले सरकारसँग समझदारी भएपछि शनिवार अपराह्नदेखि अनशन स्थगित गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC