site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्विटरमा भेरिफाइड प्रयोगकर्ताले दुई घण्टा लामो भिडियो हाल्न पाउने, अन्यले १४० सकेण्डको मात्रै
Tiktok banner adTiktok banner ad

काठमाडौं । एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेयता ट्विटरमा निरन्तर व्यापक परिवर्तन हुँदै आएको छ । 

यसबीच बिहीबार कम्पनीका मालिक मस्कले एक नयाँ फिचर थप गरेको घोषणा गरे ।

मस्कका अनुसार अब ट्विटरमा भेरिफाइड भएका अथवा ब्लू टिकमार्क पाएका प्रयोगर्ताले दुई घण्टा लामो (आठ जीबी) सम्मको भिडियो अपलोड गर्न पाउनेछन् ।

पैसा तिरेर मिल्ने ब्लू टिकमार्क भएका प्रयोगकर्तालाई यसअघि एक घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने फिचर उपलब्ध थियो ।

भेरिफाइड नभएका अरु प्रयोगकर्ताले भने १४० सेकेण्ड लामो  भिडियोमात्रै अपलोड गर्न पाउनेछन् । मस्कले फिचर घोषणा गर्ने बित्तिकै केही प्रयोगकर्ताहरूले ट्विटरमा पाइरेटेड फिल्म अपलोड गरेका थिए । तर, केही समयपछि ट्विटरले उक्त भिडियो हटाएको थियो ।

ट्विटरको यो नयाँ फिचरले यसलाई युट्युब र फेसबुक जस्तै बनाउने संकेत गरेको छ । यद्यपि, अहिलेसम्म यसमा भिडियोका लागि छुट्टै ट्याब भने उपलब्ध भइसकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro