
काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिमको भीमदत्तपन्त राजमार्गमा पर्ने चुरेगाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा दुईवटा प्रहरी बिट निर्माण गरिदिएको छ ।
सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरिदिएको हो ।
जेठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरे ।
साथै, डडेल्धुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गरिएको हो ।
प्रहरी नायब उपरीक्षक भट्टकाअनुसार बैंकले गरेको सहयोगले प्रहरी जाँचर राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षा र सहजता हुने विश्वास लिएको छ ।