site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुन–कुन प्रदेशमा हुनेछ आज वर्षा ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज पनि देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । विशेषतः पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ । 
 
आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ । 

कोसी, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro