site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
ट्विटरपछि बेलायतमा फेसबुक र इन्स्टाग्रामले दिन थाल्यो पैसा तिरेर पाइने भेरिफिकेसन
Ghorahi CementGhorahi Cement

काठमाडौं । ट्विटरले सुरु गरेको पैसा तिरेर पाउन सकिने भेरिफिकेसन सुविधा फेसबुकको मुख्य कम्पनी मेटाले बेलायतमा पनि दिन थालेको छ । यो सुविधा अमेरिका, अष्ट्रेलिया र न्युजिल्यान्डमा यसअघि नै उपलब्ध भइसकेको छ ।

सुरुमा एलन मस्कले ट्विटरमा पैसा तिरेर भेरिफिकेसन टिकमार्क पाउन सकिने सेवा दिएका थिए ।

Dabur nepal
Agni Group

बेलायतमा प्रयोगकर्ताले ९.९९ पाउन्ड (करिब साढे १२ अमेरिकी डलर) तिरेर फेसबुक र इन्स्टाग्राममा भेरिफाइड ब्लु टिकमार्क पाउन सक्ने भएका छन् । त्यसका लागि प्रयोगकर्ता १८ वर्षमाथिको हुनुपर्नेछ । सरकारी आईडी पनि पेस गर्नुपर्नेछ ।

यसरी भेरिफाइड व्यक्तिले अकाउन्टमा कुनै समस्या आउँदा सहयोगका लागि सोझै फेसबुकका कर्मचारीसँग पहुँच पाउने कम्पनीले जनाएको छ ।

तर, फेसबुक र इन्स्टाग्रामले पहिले दिँदै आएको भेरिफिकेसन प्रणाली हटाउने/नहटाउनेबारे कुनै घोषणा गरेको छैन । ट्विटरले भने पुरानो भेरिफिकेसन प्रणाली हटाएर पैसा तिरेर मात्र पाउन सकिने बनाएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu