site stats
बाह्रखरी :: Baahrakhari
देश
दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।

डुंगेश्वर गाउँपालिका–२, लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

दैलेख अस्पतालमा घाइते चारैजनाको उपचार भइरहेको छ । उनीहरूको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा. धर्मराज रेग्मीले बताए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्