site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ समितिले अर्थमन्त्रीसित छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकबाट अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय गरिएको सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

यस्तै, अर्थतन्त्रका विषयमा सरोकारवालासँग छलफल गरी बजेट निर्माणमा सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

समितिलाई पूण रूपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको शाहीले जानकारी दिए ।

सांसद विष्णु पौडेलले बजेटको ‘पोलिसी’मा सुझावहरू दिनुपर्ने र छलफलमा अर्थमन्त्रीलाई बोलाउनुपर्ने बताए ।

सांसदहरूले समितिको डिजिटल अभिलेखीकरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए ।

वर्तमान अर्थ समितिको पहिलो बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro