site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सरकारले मेलम्ची खानेपानी विकास समिति खारेजी गर्ने निर्णय हतारमा गर्‍यो’ 

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष ‍गणेशप्रसाद तिमिल्सिनाले सरकारले मेलम्ची खानेपानी विकास समिति खारेजी गर्ने निर्णय हतारमा गरेको बताएका छन् । उनले सरकारले यस्ता विषयमा अध्ययन र भविष्यमा पर्ने प्रभावका बारेमा सोचेर अगाडि बढ्नुपर्ने बताए । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा मेलम्ची खोलामा आएको बाढीले क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् ।

Dabur Nepal
NIC Asia

अध्यक्ष तिमिल्सिना, समितिका सभापति दिलकुमारी रावल(पार्वती) र समितिका सदस्यहरूले सिन्धुपाल्चोकको हेलम्बुस्थित हेडवक्स र काठमाडौं सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको स्थलगत अनुगमन गरेका हुन् । उनीहरूले आयोजनाको प्रगति, समस्याका बारेमा जानकारी लिएका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

साथै, उनले मेलम्चीजस्ता अति आवश्यक राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नहुने र अन्य आयोजना कटौती गरेर पनि बजेट थप गर्नुपर्ने बताए । आयोजनाका बारेमा समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले संसदीय अनुगमन समितिलाई जानकारी गराएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro