site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद गौतमको अनसनबारे सदनको ध्यानाकर्षण
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतम अनसन बसेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्ने सांसद्हरू दीपक गिरी, श्याम घिमिरे, राजन केसी र प्रतिमा गौतमले अनसन बसेको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

सांसद गौतम १५ बुँदे माग राखेर आमरण अनसनमा बसेका छन् । चैत ३० गतेबाट उनी जब्दीघाटको भाँचिएको पुलमुनि आमरण अनसन बसेका हुन् । पटकपटक संसद्मा कुरा उठाउँदा पनि कुराको सुनुवाइ नभएको भन्दै उनी अनसनमा बसेका हुन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद गिरीले अनसनबारे जानकारी गराएका थिए । यस्तै, विशेष समयमा बोल्ने सांसदहरू घिमिरे, केसी र गौतमले पनि उनीसँग तत्काल वार्ता गर्न र समस्या समाधान गर्न अनुरोध गरेका छन् । साथै उनीहरूले संसदमा कुरा सुनुवाइ नभए कहाँ गएर बोल्ने भन्दै प्रश्न गरेका छन् ।

“सत्तारुढ दलकै सांसद अनसनमा बस्नु विडम्वना हो । संसद्मा बोलेको कुरा सुनुवाइ हुँदैन भने कहाँ गएर बोल्ने ?,” उनीहरुको गुनासो छ, “उहाँमात्र होइन, अब हामी पनि गएर अनसन बस्ने दिन नआओस् ।”

हाम्रो ‘बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानका साथ सांसद गौतमले १५ बुँदे माग राख्दै अनसन थालेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro