site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘टिसर्ट र जिन्स’ बहसमा सांसद सुमनाको प्रश्न : नैतिक प्रहरी बन्ने कि संसदीय काम गर्ने ?
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संदनमा आफूले लगाउने पोसाकको विषयमा भएका बहसको विषयमा संसद्मा बोलेकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पोसाकको विषयमा भएको बहस आफूहरूमाथि रणनीतिक हमला भएको जिकिर गरिन् । उनले बहस गर्नेहरूको प्राथामिकता के हो भन्दै प्रश्न गरिन् ।

“हरेक सामाजिक परिवर्तनको सुरुआत सत्तामा रहेका शासकहरूले परिवर्तनको मशाल बोक्नेहरूलाई दबाएरै सुरु हुन्छ । त्यसपछि व्यक्तिगत आक्रमणहरू, नानाथरी नाम बोलाउने र धेरै देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गर्ने । तर बच्चा भनेर लेबल लगाइएका र टी–सर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबै,” उनले भनिन्, “हाम्रा परिवर्तनका वाहकहरूलाई आश्वासन दिन चाहन्छु– हामी सही बाटोमा छौँ । चकडीवादबाट टाढिएर, पहिरनको मर्यादाबाट निस्किएर कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, राजनीतिक प्रवचनमा समेत जवाफदेहिताको कठिन प्रश्न सोधेर अगाडि बढेको नयाँ पुस्तामाथि यो रणनितिक हमला हो ।”

उनले थपिन्, “हामीलाई हामी जस्तो देखिने, हामीजस्तै सोच्ने, झुटा नैतिकताका ठूला–ठूला भाषणहरूबाट थाकेका मानिसहरूको आवश्यकता छ । परिवर्तनको यो आन्दोलन, भ्रष्टाचारलाई जरैदेखि उखेल्ने आन्दोलन, नेपालको भविष्य हेर्न चाहनेहरूविरुद्धको यो आन्दोलनमा सामेल हुन जरुरी छ । तपाईँका प्राथमिकताहरू के हुन् ? भ्रष्टाचार काण्डको यो निर्णायक समयमा यो विचलित गर्ने रणनीति किन प्रयोग गरिएको छ ?”

उनले जति रोके पनि रास्वपा नरोकिने बताइन् ।

“समय निकै भएकैले होला टिसर्ट र जिन्समा अड्किनु भएको । यहाँहरुको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने ?,” उनको प्रश्न थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro