site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मोरङमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण, ‘२५ लाखभन्दा धेरैको नोक्सानी’
फाइल तस्बिर ।

मोरङ । मोरङको बेलबारीस्थित एक बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फार्मका बंगु मर्न थालेपछि नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

बेलबारी–४ स्थित ठूली एकीकृत कृषि फार्ममा पालिएका बंगुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फार्मका सञ्चालक धीरेन लिम्बूले बताए ।

Dabur Nepal
NIC Asia

“केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो,” उनले भने ।

वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए । २५ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए ।

छेउमै रहेका बाख्रा फार्म र माछापोखरीमा भने उक्त रोगको असर नदेखिएको जनाइएको छ ।

उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फार्म सञ्चालन गर्दै आएका छन् ।

बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने, “अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षणका लागि विराटनगर हुँदै काठमाडौं पठाइएको छ ।”

रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुन सक्ने तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउन्जेल यकिन भन्न नसकिने उनले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro