site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाले भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

आइतबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यले आमसभा गर्न लागिएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नक्कली शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिन कमजोर बनाउन नहुनेमा उनले जोड दिए ।

राप्रपा प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताका पक्षमा सशक्त आवाज उठाउने उनले बताए ।

Global Ime bank

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एक मात्र पार्टी राप्रपा भएको जिकिर उनले गरे ।

उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

सोमबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश र जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षालगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय