
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विभिन्न १६ समसामयिक प्रस्ताव पारित गरेको छ ।
ललितपुरको च्यासलस्थित कार्यालमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकबाट ती प्रस्ताव पारित गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको छ । निष्पक्ष अनुसन्धानमा एमालेका तर्फबाट पूर्ण सहयोग रहने स्पष्ट पारिएको छ ।
एमालेले लडाकु शिविर घोटालालगायत चर्चामा आएका सबै काण्डको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान समेत गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न स्थानमा गरिएको आक्रमण प्रयासको भर्त्सना पनि गरिएको छ ।
पारित प्रस्ताव पढ्नोस्–