site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन : नागरिक आक्रोशित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नागरिक अगुवाले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माइतीघर मण्डलामा जम्मा भएर भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । 

प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेर ऐकवद्धता जनाएका छन् । उनले भ्रष्टाचार अब नेपाली जनताले नसहने भन्दै यसअघिको सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।

विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले सरकारप्रति विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए । 

Global Ime bank

प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताइन् । उनले जनतालाई आँखामा छारो हाल्ने काम मात्रै भइरहेको त होइन ? प्रश्न गरिन् । प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको विकास र सुरक्षाका लागि पठाएका मानिस नै भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताए । 

प्रदर्शनकारीहरूले जनता मुर्ख छन् भनेर अहिले पनि नेताहरूले ठगिरहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय