साहित्य

काठमाडौं । कवि देबकी अभिलाषीको नवीन कविताकृति ‘आदिवासी भोक’ सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतले उक्त कृति सार्वजनिक गरे ।
सो अवसरमा बोल्दै कुलपति राईले अबका कविता समाज उत्खनन गर्ने माध्यम भएको बताए । उनले कवि अभिलाषीका कविताहरूको चर्चा गरे ।
उर्वरा फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा राजकुमार वानिया, कुमारी लामा र उमेश अकिञ्चनले कृतिमाथि बृहत्त चर्चा गरे ।
सो अवसरमा साहित्यकार उषा शेरचन, बाबु त्रिपाठीले बोलेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १९:२९
प्रतिक्रिया दिनुहोस्