site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हारबाट जोगियो युभेन्टस

काठमाडौं । इन्जुरी समयमा फेडरिको गाट्टीले गोल गरेपछि युभेन्टस बिहीबार राति युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा हारबाट जोगिएको छ । युभेन्टसले घरेलु मैदानमा सेभियासँग १–१ को बराबरी खेलेको हो । 

भारी वर्षाका बाबजुद इटालियन समर्थकले खचाखच भरिएको एलिनाज रंगशालमा सेभियाले सुरुबाट घरेलु टोली युभेन्टसलाई दबाबमा राखेको थियो । कीर्तिमानी सातौँ उपाधि जित्ने लक्ष्यमा रहेको सेभियाले २६औँ मिनेटमा युसुफ इन–नेसिरीले गरेको गोलबाट अग्रता लिएको थियो । 

पहिलो हाफमै इन–नासिरी र लुकास ओकम्पसले गोलका राम्रो अवसर सदुपयोग गर्न नसक्दा सेभियाले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । त्यस्तै इभान राकिटिचको सशक्त प्रहारलाई पनि युभेन्टसका गोलकिपर वोइचेक स्चेस्नेले राम्रो बचाउ गरेका थिए । 

कमजोर सुरुआत गरेको युभेन्टसले ६५औँ मिनेटमा पहिलोपटक विपक्षी पोष्टमा प्रहार गर्न सफल भएको थियो । बैकल्पिक खेलाडी फेडरिको चिएसाको आगमनसँगै युभेन्टसले सुधारिएको प्रदर्शन गरेको थियो । इन्जुरी समयको सातौँ मिनेटमा पाउल पोग्बाको हेडिङ पासमा गाट्टीले हेडमार्फत गोल गरेपछि युभेन्टस हारबाट जोगिएको हो । 

‘‘हामीले सुरुमा केही गलत निर्णय गर्यौं । सेभियालाई आज हामीविरुद्ध कस्तो मानसिकतामा खेल्नुपर्छ भन्ने थाहा थियो,’’ युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘‘हामीले केही समयमा उनीहरूलाई रोक्न सफल भयौं र उनीहरू २–० को अग्रता लिन सफल भएन । अब सेभियामा हामीले नतिजा निकाल्ने अवसर छ ।’’

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro