site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद्को निर्णयपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकियो 

काठमाडौं । मन्त्रिपरिषद्ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ । 

धितोपत्र बोर्ड स्रोतले बिहीबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इमेलमार्फत प्रक्रिया रोक्ने जानकारी गराएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डले अगाडि बढाएको नयाँ स्टक एक्सचेञ्ज दिने प्रक्रिया रोकिएको हो । 

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए । सर्वोच्च अदालतले लाइसेन्स दिने बाटो खोलेपछि हमालले यसको प्रक्रिया अगाडि बढाएका थिए । उनले निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका टिप्पणी भइरहेको थियो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री डा. प्रकाशशरण महत लाइसेन्स दिने पक्षमा थिएनन् । धितोपत्र बोर्डका कर्मचारीले अर्थमन्त्रीलाई लाइसेन्स दिने नीति ठिक भए पनि अध्यक्ष हमालले एउटा व्यापारिक समूहलाई लाइसेन्स दिन काम गरेको जानकारी गराएका थिए । 

धितोपत्र बोर्डले लाइसेन्स मागेपछि बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज तथा अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro