site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचारले देशको अर्थतन्त्र अस्तव्यस्त भयो : विनोद चौधरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारका कारण आम नागरिक पीडित बनेको बताए । उनले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताए । उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए । 

“भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ । विकासका काम रोकिएका छन् । भ्रष्टाचारको नाममा कुरा नमिल्दा अड्किएका छन् । सबैलाई एकै घानमा हाल्नु हुँदैन । सबै प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ,” उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपुर्याए र अपराधी भनिएकाहरूलाई पक्राउ गरी कारबाही नगरे बिरोधमा उत्रिने बताए । उनले सरकारले देखाएको पहलकदमी सह्रानीय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताए ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय