site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका ५०० हलमा नेपाली चलचित्र ‘परस्त्री’ रिलिज हुने 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’ भारतका सिनेमा हलमा रिलिज हुने भएको छ । भारतको पीभीआर सिनेमाज कम्पनीले हिन्दी भाषामा डबिङ गरिएको ‘परस्त्री’ थिएटर रिलिज गर्न लागेको हो । 

पीभीआरले पाँच सयवटा थिएटरमा ‘परस्त्री’ रिलिज गर्न लागेको निर्देशक सुरज पाण्डेले जानकारी दिए । “पीभीआरले पाँच सयवटा हलमा रिलिज गर्छु भनेको छ । तर, हामीले योभन्दा धेरै हलमा रिलिज गर्न भनेका छौँ,” सुरजले भने । 

सिनेमा भारतमा जुन ३० (असार १५ गते) रिलिज हुनेछ । ‘परस्त्री’को हिन्दी डबिङ भइसकेको छ । चलचित्रको डिष्टिब्युटर कट, ट्रेलर र पोष्टर हेरेर पीभीआरले सिनेमाको हल रिलिज गर्ने निर्णय गरेको हो । 

“हामीले सिनेमा बेच्ने योजना बनाएका छौँ । हामीले यो प्रस्ताव पनि गरेका हौँ,” सुरज भन्छन्, “तर, उनीहरूले सिनेमा हेरेपछि मात्रै किन्ने अथवा सेयरमा बस्ने निर्णय गर्दोरहेछ । केही दिनमा हामी पुनः मुम्बइ जाँदै छौँ । त्यसपछि उनीहरूले हेरेर यसबारे निर्णय हुनेछ ।” 

यदि, चलचित्र पीभीआरले किनेन भने ५०/५० प्रतिशत सेयरमा सिनेमा रिलिज हुने उनले जानकारी दिए । 

‘परस्त्री’ले हिन्दी भाषामा दुईवटा गीत रेकर्ड गर्नेछ । गायिकामा सोनल प्रधान फाइनल भइसकेकी छन् । मेल भोकलका लागि भने गायक फाइजल हुन बाँकी रहेको सुरजले जानकारी दिए । यसराज फिल्मस कम्पनीले यसको जिम्मा लिएको सुरज बताउँछन् । 

गत शुक्रबार ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए । सुरज पाण्डेले निर्देशन गरेको चलचित्रको पोस्टर तरणले ट्विटरमार्फत सार्वजनिक गरेका थिए । 

शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेखेका छन् । चलचित्र नेपालमा पनि असार १५ गते रिलिज हुँदै छ ।

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।

नेपाली चलचित्र ‘परस्त्री’को पोस्टर तरण आदर्शले गरे सार्वजनिक 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro