site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली चलचित्र ‘परस्त्री’को पोस्टर तरण आदर्शले गरे सार्वजनिक 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका छन् । सुरज पाण्डेले निर्देशन गरेको चलचित्रको पोस्टर तरणले शुक्रबार (आज) ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेखेका छन् । चलचित्र नेपालमा आउँदो असार १५ गते रिलिज हुनेछ ।

‘परस्त्री’ अहिले मुम्बईमा हिन्दी भाषामा डबिङ भइरहेको छ । चलचित्र भारतीय सिनेमा हलमा पनि रिलिज गर्ने निर्माण पक्षको तयारी छ । भारतीय सिनेमा वितरकसँग थिएटर रिलिजका विषयमा छलफल भइरहेको निर्माण पक्षले जनाएको छ । अहिले निर्देशक सुरज र निर्माता शर्मिला मुम्बईमा छन् ।

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।

31683274997.jpg

11683274996.jpg

21683274996.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro